काश्मिर मामिलामा पाकिस्तान एक्लिदै, नेपालको बोल्ने हैसियत भएन (भिडियोसहित )

लद्दाखलाई लिएर चीनले पत्रकार सम्मेलन गरी औपचारिक रुपमा विरोध जनाएलगत्तै भारतीय विदेशमन्त्री जयशंकर चीन भ्रमणमा गए । जयशंकरको चीन भ्रमणपछि चीन यो विषयमा मौन छ । शायद केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपीङले भारतको भ्रमण गर्नेछन् ।

पाकिस्तानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा उजुरी दर्ता गराएपनि निराशा हात परेको छ । राष्ट्रसंघ  सुरक्षा परिषद्को अध्यक्ष राष्ट्र पोल्याण्डले भारत र पाकिस्तानको आन्तरिक मामिला द्विपक्षीय वार्ताबाट हल गर्न सुझाव दिएपछि पाकिस्तान खिन्न भएको हो । उता, रुसले समेत भारत सरकारको कदमलाई समर्थन गरेपछि पाकिस्तान शक्ति राष्ट्रबीच यो मामिलामा एक्लिन थालेको छ ।

परराष्ट्र जानकार हरि चन्द ‘अग्निपुञ्ज’ का अनुसार अन्तर्राष्ट्रिय क्षेत्रको समर्थन जुटाउने क्रममा भारत निकै बलियो देखिएको छ । पाकिस्तानले गरेका प्रयास सफल हुन सकेका छैनन् । पाकिस्तानले अमेरिका, राष्ट्रसंघ र केही इस्लामिक देशहरुको समर्थनका लागि गरेका प्रयास सफल भएनन् । चीनले पनि यो मामिलामा कडाइपूर्वक कुरा उठाएको देखिदैन । लद्दाखलाई लिएर गरेको विरोध पाकिस्तानलाई सामान्य सहानुभूति प्रकट गर्न मात्र गरेको हुनसक्ने चन्दको विश्लेषण छ । भारत र चीनबीच धेरै ठूलो व्यापारिक सम्बन्ध भएकाले काश्मिरका कारण त्यसलाई बिगार्ने पक्षमा दुवै मुलुक देखिदैनन् ।

Share

Add Your Comments

Your email address will not be published. Required fields are marked *