महागठबन्धनको अतिरन्जित प्रक्षेपण
महागठबन्धनले नेकपा (एमाले) लाई पुर्णतया समाप्त पार्ने र देशलाई ओलीबाट मुक्त गराउने दावी/उद्घोष सहित देश गठबन्धनमय हुने प्रक्षेपणका साथ चुनावमा जानु एउटा अतिरन्जित प्रक्षेपण थियो । किनकी सफ्टवेरको प्रयोगबाट थुप्रै कम्प्युटर प्रोग्रामहरु नियन्त्रण गरे जस्तो जनताको स्वतन्त्र विवेक, अभिव्येक्ति, र रोजाईलाई दलिय नेताको अभिव्येक्तिबाट नियन्त्रण गर्न सकिँदैन । बिजातीय गठबन्धनमा सजातिय जनता रमाउन नसकेको प्रष्टै देखियो तरपनि उनकै शब्दमा ओली आतंकबाट त्रसित माओबादी र एकीकृत समाजबादीबाट नेपाली कांग्रेसलाई भरपुर मत भने गएको प्रष्ट देखियो । तर काङ्ग्रेस बाट त्येति धेरै माओबादी र एकिकृत समाजबादीलाई भने मत गएको देखिएन ।
नेपालका उदारबादी कम्युनिष्ट ध्रुबमा आएको बिग्रहबाट नेपाली कांग्रेसले भरपुर फाइदा उठाउने कुरा प्रष्ट थियो ।
नेपालका उदारबादी कम्युनिष्ट ध्रुबमा आएको बिग्रहबाट नेपाली कांग्रेसले भरपुर फाइदा उठाउने कुरा प्रष्ट थियो । जहाँ जहाँ आफ्नो पकड छैन, त्यहाँ त्यहाँ अन्य दलहरुको सहयोगबाट कांग्रेस बिजय भएको देखियो र जहाँ जहाँ आफ्नो पकड छ, त्यहाँ त्यहाँ कांग्रेसले बागी उम्मेदवार उठाएर जितायो, एकीकृत समाजबादी र माओबादी भने ओली आतंकमै अलमलिए अनि यसबाट मुक्त हुने निर्बिकल्प बाटोको रुपमा कांग्रेसलाई बिजय बनाउने आधारशिला खडा गरे ।
यहाँ बिजातिय गठबन्धन भनेर त्येत्तिकै भनिएको होइन । खास कांग्रेसले कुनै पनि मुल्यमा आफ्नो मत कम्युनिष्टलाई दिदैन, यति समान्य कुरा पनि नबुझेका नेपालका कम्युनिष्ट नामका दलहरु भने बिजातिय गठबन्धनमै रमाए ।
कम्तिमा पनि एउटा पुस्ता सकिने र अर्को पुस्ताले अर्कै बाटो लियो भने मात्र कुनै पनि राजनीतिक दल पुर्ण रुपमा समाप्त हुने सम्भावना मात्रै रहन्छ, यो कुरा गठबन्धनले बुझेन ।
अर्को कुरा जतिसुकै गठबन्धन गरे पनि एमाले नामको दलिय संरचना र कार्यकर्ताहरुको मजबुत दृढता सजिलै पत्तासाफ हुने चरणमा थिएन । किनकी सामान्यतया एउटा दल समाप्त हुन दुई-चार बर्षको समय प्रयाप्त हुदैन । कम्तिमा पनि एउटा पुस्ता सकिने र अर्को पुस्ताले अर्कै बाटो लियो भने मात्र कुनै पनि राजनीतिक दल पुर्ण रुपमा समाप्त हुने सम्भावना सम्म रहन्छ, यो कुरा गठबन्धनले बुझेन । फलस्वरुप देश एमालेमुक्त बनाउने गठबन्धनको अभियान अहिलेलाई अधुरै रह्यो भने काङ्ग्रेसलाई पहिलो शक्तिको रुपमा उभ्याउने, माओबादी लगभग पुरानै अवस्थामा रहने र एकीकृत समाजबादीको अत्यन्तै कमजोर उपस्थितीमा सिमित गरिदिने कुरा नै गठबन्धनका प्रधान उपलब्धीहरु बन्न पुगे ।
एमालेको अतिरन्जित प्रक्षेपण
अर्कातिर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको “गठबन्धनलाई एक्लै सोत्तर पारिदिने” र नेकपा (एमाले) झनै शक्तिशाली भएर उदाउने दावी अर्को अतिरन्जित प्रक्षेपण थियो । स्वभाबिक थियो कि अन्य सारा शक्ति एकातिर हुदा एमाले पहिलेको आकारमा रहन सम्भव नै थिएन । कति ठाउँहरुमा एक देखि तीन प्रतिशत मतान्तरले एमाले पराजित भएको छ भने एकीकृत समाजबादीले ती ठाउँहरुमा नौ देखि दस प्रतिशत मत ल्याएको देखिन्छ । पुरानो एमाले एक-ढिक्का भएको भए कतिपय पालिकाहरुमा एमालेले बिजयी संख्या बढाउने देखिन्छ । एमालेले यसलाई बिचार पुर्याउन सकेको देखिएन ।
कति ठाउँहरुमा एक देखि तीन प्रतिशत मतान्तरले एमाले पराजय भएको छ भने एकीकृत समाजबादीले ती ठाउँहरुमा नौ देखि दस प्रतिशत मत ल्याएको देखिन्छ ।
अर्कातिर गठबन्धनको धेरै मत बदर हुने, कति ठाउँमा अन्तर्घात हुने र त्यसको भरपुर फाइदा एमालेले उठाउने जस्ता प्रक्षेपण पनि सुनिए, जुन सहि थिएन । सारा गठबन्धन एकातिर भएर पनि दोस्रो स्थान हाशिल गर्ने संकेत देखिनु एमालेको लागि हारको बिषय होइन तर कैयौं आन्तरिक कमजोरीले पनि एमालेलाई पहिलोबाट दोस्रो स्थानमा चित्त बुझाउन बाध्य तुल्याएको देखिन्छ । देहाय बमोजिमका केही कारणहरु हुन सक्छन एमाले दोस्रो हुने अवस्था आउनुका पछाडी ।
क) कतिपय ठाउँका एमाले जनप्रतिनिधीले जनताको सेबक नै भएर काम गरेनन्, उनिहरु बिशेषगरि आफ्ना नातागोतालाई सेटल गराउने, आफ्नो पालामा केही कमाउने र चुनाव खर्च उठाउने, केही बिकास गरेको जस्तो पनि देखाउने र त्यसबाट आफ्नो फाइदाको ग्यारेन्टी गर्ने, जनतासंगको सम्बन्धमा कमजोर हुँदै जाने र जनतासंग यो वा त्यो कोणबाट अलग्गिदै जाने गरेको पुष्टी हुन्छ ।
ख) विकासको न्यायोचित र समान बितरण नभएको देखिन्छ । कुनै प्राबिधीक तथा बैज्ञानिक अनुसन्धानको साटो, बिकास बजेट बिनियोजन गर्दा वा खर्च गर्दा जनतालाई नभै आफू र आफ्ना निकटका मानिसहरुलाई केन्द्रित गरि बिनियोजन गर्ने गरेको वा खर्च गर्ने गरेको देखिएका छन् ।
ग) चुनाव अघि उम्मेदवारले जनतासंग ब्येक्तिगत तहमै कैयौं आश्वासन (प्रतिबद्दता) देखाएको र चुनावपछि ती ब्येक्तिगत तहका आश्वासनहरु पूरा नहुदा वा उनिहरुलाई बेवास्ता गर्दा मतदाताले चुनावमा बदला लिएको देखियो, जुन स्वाभाविक थियो ।
पहिलो कुरा अनुसन्धानको संस्कृति नै भएन । दोस्रो कुरा पार्टी भित्र पनि स्वच्छ प्रतिस्पर्धा गराएर बलियो उम्मेदवारलाई अगाडि सार्ने पद्दती बिकास गरिनु पर्थ्यो, त्यसो हुन सकेन । प्रतिस्पर्धामा पछाडी परेपछि चुनावमा अन्तर्घात गर्नु पर्ने स्थितिको नै अन्त्य हुन्थ्यो, यसतर्फ बिचार पुर्याइएन
घ) टिकट बितरण प्रणाली पनि बैज्ञानिक हुन सकेन । पहिलो कुरा अनुसन्धानको संस्कृति नै भएन । दोस्रो कुरा पार्टीभित्र पनि स्वच्छ प्रतिस्पर्धा गराएर बलियो उम्मेदवारलाई अगाडि सार्ने पद्दती बिकास गरिनुपर्थ्यो, त्यसो हुन सकेन । प्रतिस्पर्धामा पछाडी परेपछी चुनावमा अन्तर्घात गर्नुपर्ने स्थितिको नै अन्त्य हुन्थ्यो, यसतर्फ बिचार पुर्याइएन । बुटवल र पोखराको मत परिणामले त्यसलाई पुष्टि गर्छ ।
उम्मेदवार नेतृत्वले नभै, आधारक्षेत्रमा बिधीबाट श्रेष्ठतम पात्रलाई अघि सारिनुपर्थ्यो, यसमा कतै कमजोरी भएको देखियो
ङ) पार्टी अध्यक्ष केपी शर्मा ओलीको पुर्वानुमान कुनै न कुनै रुपमा अधुरो देखियो । अध्यक्षले तोकेपछि कार्यकर्ता, शुभेच्छुक र मतदाताले मत दिइहाल्छन भन्ने अनुमानमा कमजोरी देखिन्छ । उम्मेदवार नेतृत्वले नभै आधारक्षेत्रमा लोकतान्त्रिक बिधीबाट श्रेष्ठतम पात्रलाई अघि सारिनुपर्थ्यो, यसमा कतै कमजोरी भएको देखियो । पोखराको चुनावमा एमाले नेता कार्यकर्ताहरुले एकीकृत समाजबादीका उम्मेदवारलाई जिताउन प्रचार गरेको अडियो सार्बजनिक हुनुले त्यसलाई पुष्टि गर्छ ।
त्यसैले माथि बिश्लेषण गरिएका दुईवटा अतिरन्जित प्रक्षेपणले गठबन्धन र एमालेलाई धक्का लाग्ने स्थिती देखा पर्यो भने त्यसको भरपुर फाइदा काङ्ग्रेसलाई हुने देखियो । अत: जनतालाई र अत्यन्तै आधारभुत बर्गका मानिसहरुलाई केन्द्रमा राखेर राजनीति गरौँ, त्यसो भयो भने देश र तपाई राजनीति कर्मीहरु स्वत: लाभान्वीत हुनुहुन्न र?
Reply, Reply All or Forward